सुरेश छन्त्याल
गलकोट भदौ २५ गते ।
गलकोट नगरपालिका–११ रिघामा रिघाको ठुलो चौर देखी साउनेखोला सम्म मोटर बाटो मर्मत अलपत्र परेको छ ।
मल्म, रिघा, सिसाखानी, जलजला, रण्सिङकिटेनी हुदै ढोरपाटन जोड्ने मध्य वैकल्पिक लोकमार्ग बाटो नेपाल सरकार र सडक बिभागको आयोजनामा सुरुवाट गरेको रिघाको ठुलो चौर देखी साउनेखोला सम्म मोटर बाटो स्तरोन्नति दोरपाटन निर्माण सेवाले आ.व. ०७१/९/७२ मा निर्माण्को जिम्मा लिएको थियो ।
रिघाको ठुलो चौर देखी साउनेखोला सम्म मोटर बाटो स्तरोन्नति भनेर सुरूवाट गरेको पनी करिव ७÷८ वर्ष भईसक्यो तर हालसम्म पनि अलपत्र नै रहेको स्थानीय सोम श्रीसले जानकारी गराउनु भयो । यसैविच हामी सम्बन्धित पक्षसंग जानकारी लिएका छौँ ।
गलकोट नगरपालिका–११ रिघाका वडा अध्यक्ष डम्मर श्रीसले सडक कार्यालायमा पुगि पटक पटक सुनाइ गर्दापनि नभएको भन्दै अब पुनः कार्यालयमै पुगि ध्यानाकर्षण गराउने बताउनु भयो ।
त्यस्तै सोहि बाटो मर्मतको जिम्मा लिइएका दोरपाटन निर्माण सेवाका मेन ठेक्ठार सुरेन्द्र वुढाले बजेटको कारणले अलपत्र गरेको र कार्यालयमा धेरैपटक हारगुहार गर्दा पनि कार्यालयमा सुनाइ नभएको भन्दै मर्नुन बाच्न बनाएको बताउनुहुन्छ । यता सडक विभाग बाग्लुङमा सम्पर्क गर्दा सडक विभागमा दुइ वर्षयता कुनै सम्झौता नभएको बताउनुभयो ।
Discussion about this post