बर्दिया भदौ २६ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १४ हजार घुससहित प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको बुटवल कार्यालयले बर्दियाको सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।
उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग साढे १४ हजार घुस लिएको अख्तियारले जनाएको छ ।
सो रकम लिएको अवस्थामा उनलाई मंगलबार नियन्त्रणमा लिएको अख्तियारको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
Discussion about this post