
खड्क सुनार मुगु कार्तिक १ गते । रारा तालको काखमा अवस्थित जिल्लाको छायानाथरारा नगरपालिका वडा नम्बर ९ मुर्मा टपको माझ घट्टमा रहेको हेल्थपोस्टमा विभिन्न संघ–संस्थाबाट सहयोगार्थ आएका सामानहरु दक्ष चिकित्सक नहुँदा कोठामा थन्किएका छन् ।
मुगुको सदरमुकाम गमगढी बजार बाट ५ घण्टा टाढा रहेको हेल्थपोष्टमा दक्ष चिकित्सकक अभाव हुदा त्यहाका स्थाीय बासीले सहजै रुपमा सेवा लिन पाएका छैनन् । एक त घर नजिकै हेल्थपोष्ट छ त्यसैमा पनि गुणस्तरीय सेवा प्रवाह नहुदा जीवन र मृत्युको मुखमा रहेको त्यहाका स्थानीयले गुनासो गरेका छन् । २०६१ सालमा स्थापना भएको हेल्थपोष्ट अझ सम्म पनि गुणस्तरीय सेवा नदिएको हेल्प नेपाल हेल्थ पोस्टका अध्क्षय बिर्खबहादुर रोकायाले बताउनु भएको छ । हेल्थपोष्टमा सामान्य बिरामीदेखि गर्भवती सम्मको सेवा दिँदै आइरहेको भए पनि स्थानिय सरकार, केन्द्रीय प्रदेश सरकारबाट कुनै पनि सहयोग नभएको गुनासो गरेका छन् । यस हेल्प नेपालमा विभिन्न निकायबाट सहयोगस्वरुप आएका अक्सिजन मेसिन, ल्याप मेसिन, माईक्रेप ल्याप, रगत चेक गर्ने मेसिन, सिरिन्ज निर्मलीकरण मेसिन, ३ किलोवाट क्षमताको बत्ती, ईन्टरनेट समेतको व्यवस्था भइसकेको छ । दक्ष कर्मचारी र कर्मचारीको सेवा नहुँदा लाखौँ मुल्यका उपकरणहरु थन्किएका छन् ।
अहिने कर्मचारीहरुको सेवा–सुविधा दिन पनि गाह्रो भएको हेल्थ पोस्टका अध्क्षय रोकायाले जानकारी दिनु भयो । हेल्प नेपाल हेल्थपोस्ट सञ्चालनमा नआउँदा पहिले सामान्य ज्वरो आउँदा पनि सदरमुकाम गमगढी धाउनु पथ्र्यो , उपचार नपाएर धेरैको अकालमै ज्यान पनि गएको छ । पछिल्लो समयमा हेल्प नेपाल हेल्थपोस्ट सन्चालनमा आउँदा उपचार, औषधी समयमै पाएको स्थानीय बताएका छन् ।
Discussion about this post