
बाँके कात्तिक १ गते । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले आर्थिक विकासका लागि किसानको जीवनस्तर उकास्नेखालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले संचालन गरेको ३ दिने बाख्रा पालन तालिमको शुक्रबार समापन गर्दै प्रबक्ता रिजालले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न किसानहरुलाई आग्रह गरेका छन ।
उहाले स्थानीय सरकारले किसानलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम संचालन गरिरहेको भन्दै सम्पर्कमा आउन आग्रह समेत गरेका छन । तालिममा भेटेरीनरी अस्पतालका पशु चिकित्सक गणेशवहादुर पुन, नेपालगञ्ज उप–महानगरपालिका पशु सेवा शाखाका प्रमुख लक्ष्मी शाही, अच्युत गौतम लगायतले सहजिकरण गर्नुभएको थियो । यसअघि उपमहानगरपालिकाले कुखुरापालक किसानलाई तालिम दिएको थियो ।
Discussion about this post