
सोम गुरुङ, बाँके कार्तिक १ गते । बाँके र बर्दिया जिल्लामा फौजी किराको रोकथाम तथा नियन्त्रणको लागि कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख श्री शकील अहमद खाँलाई बाँकेका नागरिक समाजले ज्ञापन पत्र बुझाएका छन् । फौजी किराले किसानहरुलाई आर्थिक क्षती पुगेको र धान बाली नै किसानहरुको मूख्य आय श्रोत भएको हुँदा उनीहरुको उचित सुनुवाइ हुनु पर्ने र यस प्रकारका कृषिजन्य रोगहरुको समयमै उपचार गरी कृषकहरुलाइ जोखिमबाट बचाउनको लागी नेपालगंज कृषि ज्ञान केन्द्रलाई बाँकेका नागरिक समाजले ज्ञापन पत्र बुझाएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, फातिमा फाउण्डेशन, ईन्सेक, जनएकता समाज, उपभोक्ता हकहित संरक्षण मन्च साथै अन्य सामाजिक संघ सँस्था तथा नागरिक समाजहरु मिलेर अहिले किसानहरुको धानमा लागेको फौजी किराको समयमै उपचार हुुनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको आईएचआरसीका अध्यक्ष विश्वजित तिवारीले बताए । बोधार्थमा प्रदेश नं. ५ को कृषि मन्त्री, जिल्ला प्रशासन कार्यालय बाँके, राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य सरोकारवालहरुलाई पनि पठाएको छ । ज्ञापन पत्र नेपालगंज कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकील अहमद खाँ बुझनु हुदै यस समस्यालाई तुरुन्त समाधानको लागि पहल भईरहेको बताउनुभयो ।
Discussion about this post