बाँके असोज १६ गते ।
बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । पछिल्ला दिनमा पश्चिम नेपाललाई केन्द्र विन्दु बनाएर भुकम्प जानेक्रम बढेको छ ।
Discussion about this post