बझाङ असोज १७ गते ।
बझाङ भूकम्पमा परेर घाइते भएकामध्ये ११ जना उपचारपछि घर फर्किएका छन् । दुईजनाको उपचार भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
“३१ वटा घर भत्किएको भन्नेबाहेक राति थप विवरण आएको छैन । सम्भवत थप घटना नभएर होला । गम्भीर प्रकृतिका घटना भएको भए सायद विवरण आउँथ्यो होला,” प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, “अबरुद्ध सडक हिजै साँझ सञ्चालनमा आइसकेको छ ।
उनका अनुसार ४० वटा टेन्ट वितरण गरिएको छ । खुला तथा सार्वजनिक स्थानमा उक्त टेन्ट टाँगिएको र स्थानीय त्यसमा बसिरहेका छन् । “टेन्टको माग भएकाले हामीले हिजै वितरण ग¥यौं । राहत वितरणका लागि कसैबाट अहिलेसम्म माग भएको छैन,” उनले भने ।
Discussion about this post