बाँके असोज १७ गते ।
नेपालगन्जमा आजपनि कफ्र्यु जारी छ । धार्मिक दंगा हुन सक्ने संकेत देखिएपछि स्थानीय प्रशासनले हिंजो दिउँसो १ बजेदेखि अनिश्चितकालीन कफ्र्यु जारी गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र प्रशासनले कफर्यु लगाएको हो । हिंजो दिनभरी जस्तो तनावपूर्ण देखिएको नेपालगन्ज प्रशासनको कफर्युपछि शान्त बन्दै गएको छ । नेपालगन्जमा नेपाली सेना परिचालन गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थितिलाई नियन्त्रणमा लिन कफर्यु लगाइएको बताउनुभयो । उहाँले सहमतिका लागि दुवै समुहसँग परामर्श जारी रहेको बताउनुभयो ।
एक जना हिन्दु धर्ममा आस्था राख्ने व्यक्तिले इस्लाम धर्म लक्षित स्टाटस फेसबुकमा लेखेपछि साम्प्रदायिक दंगाको जोखिम बढेको हो । तस्वीर मेराज सल्मानी
Discussion about this post