काठमाडौं असोज २१ गते ।
इजरायलमाथि शनिबार गरिएको आक्रमणको नेपाल सरकारले भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग नेपालको ऐक्यबद्धता व्यक्त गरिएको छ ।
प्यालेस्टाइनको सुन्नी–इस्लामिक कट्टरपन्थी संगठन हमासले शनिबार मध्य र दक्षिण इजरायलमा रकेट आक्रमण गरेपछि स्थिति अशान्त छ । केही मानिसको मृत्यु भएको छ । धेरैजना घाइते छन् ।नेपाल सरकारले आक्रमणमा मृत्यु भएकाका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
नेपाली दूतावासले भन्यो– अप्ठ्यारो परिस्थिति छ, त्रसित नगराउनु होला १४ नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण गरिएको जानकारी पाएको मन्त्रालयले जनाएको छ । आक्रमणमा नौ नेपाली घाइते भएका र दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
Discussion about this post