काठमाडौं असोज २३ गते ।
सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो ।
सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाउनेछ । “असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनेकी छन् ।
देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।
Discussion about this post