बझाङ असोज २५ गते ।
बझाङमा गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।
Discussion about this post