बाँके कात्तिक १२ गते ।
बाँके प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
डुडुवा गाउँपालिका ६ सिखनपुर्वाका २५ वर्षीय राहुल सिंह सरदारले मादक पदार्थ सेवन गरि परिवारका सदस्य र छरछिमेकलाई डरत्रास तथा धम्की दिएको जानकारीको आाधारमा गएको जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भरुवा बन्दुकसहित शनिवार ९ः५० वजे नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
पक्राउ परेका सरदारलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनलाई हातहतियार तथा खरखजाना ऐन अन्तरगत मुद्धा दायर गर्ने तयारी समेत प्रहरीले जनाएको छ ।
Discussion about this post