बाँके कात्तिक १६ गते ।
सर्वोच्च अदालत आममाफी बदर सँगै तत्काल पक्राउ गर्न परमादेश जारी गरे लगत्तै नेपालगन्जका योगराज ढकाल (रिगल) ले बाँके प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
सर्वोच्चको आदेश लगत्तै उनी जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेको बाँके प्रहरीले जनाएको छ ।
नेपालगन्जका चेतन मानन्धरको हत्यामा संलग्न भएको भन्दै बाँके जिल्ला अदालतले सर्वस्व सहित जन्मकैद फैसला गरेको थियो । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले उनको बाँकी कैद सजाय मिनाहा गरेका थिए ।
राष्ट्रपतिले गरेको निर्णय बदर गर्न माग गर्दै चेतनकी पूर्व पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले उनले पाएको आममाफी बदर गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको थियो ।
Discussion about this post