काठमाडौं कात्तिक २० गते ।
तापक्रम घट्ने क्रममा रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ । “चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम घट्दै जान्छ, त्यसैले यसबाट बच्न सतर्क रहनु पर्ने देखिन्छ,” मौसमविद् राजु प्रधानाङ भन्छन्, “आज बिहान काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ ।
तुलनात्मक रुपमा हिजोभन्दा आज तापक्रम केही बढे पनि अब क्रमशः तापक्रम घट्दै जान्छ ।” आइतबार काठमाडौंको तापक्रम १०।८ डिग्री सेल्सियस थियो । यो वर्ष हालसम्म सबैभन्दा कम काठमाडौंको तापक्रम १० डिग्री सेल्सियससम्म पुगेको छ । अक्टुबर २२, २३ र २४ मा काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस थियो ।
त्यसयता भने काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि नै छ । नेपालमा अहिले पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण केही भू–भागमा वर्षा र हिमपात भइरहेको छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ ।
Discussion about this post