बाँके कात्तिक २० गते ।
जाजरकोटका भुकम्प प्रभावित नागरिकका लागि नेकपा एमाले बाँकेले आज सोमवार राहत सामग्री पठाएको छ । पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकबाट संकलन गरेको पाँच लाख रुपैयाँ बढिको राहत सामग्री जाजरकोट पठाएको हो ।
एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिसहितको टोली राहत सामग्री लिएर जाजरकोट गएका हुन् ।
भुकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनबर्गिय संगठनलाई परिचालन गरि सहयोग जुटाएका हुन् । संकलन भएको चामल, दाल, तेल लगायतका खाद्यान्न र ओढ्ने, ओछ्याउने, लगाउने लुगा जाजरकोट पठाएको एमाले बाँके उपाध्यक्ष डिल्लीबहादुर विसीले जानकारी दिए ।
उनका अनुसार, पार्टीका नेता कार्यकर्ताबाट स्वस्फूर्तरूपमा प्राप्त सहयोग सामग्री भुकम्प प्रभावितलाई पठाइएको छ । रुकुमका भुकम्प पीडितका लागि पनि छिट्टै पठाइने उनले बताए ।
Discussion about this post