बाँके कार्तिक ४ गते । मुस्लिम धर्माव्लम्बीहरुको महान पर्व मोहर्रमको ४० दिन पछि मनाउने चहेल्लम आज बेलुकी ताजिया राख्ने र भब्यताका साथ अलम जुलुस निकालिएको छ ।
सो ताजिया अलम जुलुसलाई नगर परिक्रमा गरेर भोलि ५ गते मंगलवार दिँउसो १ः३० बजे ताजिया विसर्जन गरिनेछ ।
आज त्रिभुवन चोकमा चहेल्लम जुलुसको ठेला मिलान कार्यक्रम रहेको केंद्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केंद्रीय अध्यक्ष गुलाम हुसैन हलवाई (फिरोज) वारसी ले बताए ।
भोलि मंगलबार सम्पुर्ण ताजियालाई एकिकृत गरि नेपालगञ्ज नगरपालिका वडा नम्बर ६ मा रहेको कर्बलामा ताजिया सेलाउने कार्यक्रम रहेको समेत अध्यक्ष हल्वाईले जानकारी दिए ।
मुस्लिम धर्माव्लम्बीहरु इराकको कर्बलामा शहादत प्राप्त गरेका हजरत इमामे हुसैनको सम्झनामा प्रत्येक वर्ष चहेल्लम पर्ब मनाउँदै अएका छन् ।
Discussion about this post