बाँके कात्तिक २५ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद पाँच लाख मूल्य बराबरको पटका नष्ट गरेको छ । भारतको रुपैडियाबाट लुकाईछिपाई ल्याइएको प्रतिबन्धित पटाका जन्य वस्तु प्रहरीले पानिको खाल्डोमा हालेर नष्ट गरेको हो ।
विभिन्न समयमा वडा प्रहरी कार्यलयले नियन्त्रण गरेको पटाका शनिबार जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पानिको खाल्डोमा हालेर नष्ट गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसिले जानकारी दिनुभयो ।
जमुनाह नाका हुदै अवैध रुपमा नेपालगञ्ज भित्राइएका पटाका प्रहरीले नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यलय भित्र परीसरमा पानिको खाल्डोमा हालेर उक्त वस्तु नष्ट गरीएको बिसिले बताउनुभयो ।
पटाका जन्य वस्तु हरेक वर्ष चाडपर्व लक्षित अवैध रुपमा नेपाल भित्रने गरेको छ । पटका जन्य वस्तुले स्वास्थ्य , वातावरण र धनजनमा क्षति गर्छ । नेपालमा पटाका जन्य बस्तु पटड्काउन प्रतिबन्ध गरिएको छ ।
बाँके प्रहरीले पनि पटाकाजन्य बस्तु आयात तथा निर्यातमा कडाइ गरेको छ । तर तिहारमा भने भारतीय बजारबाट ठूलो परिमाणमा पटाकाजन्य बस्तु नेपालगन्जमा भित्रने गरेको छ । रामरमाइलोका नाममा आतासवाजी गर्ने कार्य कानुन विपरीत भएकाले प्रहरीले त्यसमा लगाम लगाउने गरेको छ ।
बिसिले चाडपर्वमा रमाइलोका नाममा पटाका पटकाउने, आतासवाजी गर्ने विरुद्ध प्रहरीले सक्रियता बढाएको बताउनुभयो । उहाँले यस्ता कार्य नर्गन नगराउन पनि सबैलाई आग्रह गर्नुभएको छ ।
Discussion about this post