बाँके कात्तिक २७ गते ।
बाँकेको नेपालगन्ज र खजुरामा छुट्टाछुट्टै ढङ्गले आगलागि बाट लाखौको क्षति भएको छ।
नेपालगन्जको घरबारि टोलमा अवस्थित सौगात इलेक्ट्रोनिक हबमा ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बिसीले जानकारी दिनुभयो ।
आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको बिसीले बताउनुभयो ।
यस्तै लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले खजुराको धनौलिमा विष्णु वर्माले सञ्चालन गर्दैआएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताउनुभयो ।
आगलागीबाट करिब ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयबासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो निभाएका छन् ।
तिहारको बेला दियो बिभिन्न खाले लाइट लगाउदा बिधुत सर्ट भएर आगोलागिको जोखिम बढ्ने हुँदा साबधानि अपनाउन निरीक्षक मल्लले आग्रह समेत गर्नुभएको छ।
Discussion about this post