बाँके कात्तिक २७ गते ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेका अधिकांश बैंकका एटिएमहरुबाट पैंसा ननिक्लिएपछि यती बेला यस क्षेत्रका सेवा ग्राहीहरु प्रताडित भएका छन । आफ्नो खाता भएको बैंकको एटिएमबाट नगद ननिस्कियपछि अर्को बैंकको एटिएम बुथमा जाँदापनि उस्तै समस्या देखिएपछि ग्राहबर्गमा निराशा छाएको हो ।
चाड्पर्बको समयमा कोहलपुरमा रहेका अधिकाम्स बैंकहरुका एटीएममा पैसा नहुदा सेवा ग्राहिले सास्ती ब्यवहेर्नु परेको भने यो नयाँ घटना भने होईन, प्राय दसैं र तिहारमा पैसा नरहने गरेको भुक्तभोगीहरुको दुखेसो रहेको छ।
सोमबार बिहान जरुरी कामले एसआइबी र एनएमबी बैंक पुगेका कोहलपुर १० का ५६ बर्षका रामप्रसाद गौतमले गुनासो सुनाउदै भन्नुभयो बैंकमा पैसा भएकाले सुरक्षाको कारण घरमा नगद राखिएन बैंक आउदा एटीएममा पैसा छैन । भरोसा कतै रहेन, खर्चका लागि बनेका योजना अधुरो रहने भए गौतमले भन्नुभयो।
एटीएममा पैसा किन नभएको होला भनेर नेपाल रास्ट्र बैंक नेपालगन्जका प्रबक्ता सुमन कुमार नेपालसङ सम्पर्क गर्दा सम्पर्क हुन सकेन।
यी दुई बैंक मात्र होइन कोहलपुरका प्राय बैंकका एटीएममा पैसा नहुदा मानिसहरु भौतारिरहेको पाइएको छ।
Discussion about this post