बाँके मंसिर ७ गते ।
बाँकेमा डाँका चोरी मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिकास्थित फत्तेपुरका ६० वर्षीय सुखलाल बढईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले सूचनामार्फत जानकारी दिएको छ ।
बढईलाई जिल्ला अदालत बाँकेले करिव ३० वर्ष अघि डाँका चोरी मुद्दामा दोषी ठहर गरेको थियो । त्यसपछि उनी कैद भुक्तान नगरी सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई घरबाटै पक्राउ गरेको जनाएको छ ।
जिल्ला अदालतले २०५१ साल चैत ८ गते उनलाई ५ वर्ष ११ महिना ४ दिन कै र ५ हजार २८६ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनलाई विहीबार जिल्ला अदालत बाँकेमा बुझाइएको प्रहरील्े जनाएको छ ।
Discussion about this post