बर्दिया मंसिर १२ गते ।
बर्दिया मैनापोखर इलाका प्रहरी कार्यालयका सइ पवन साउद अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलवार दिउँसो साढे एक बजे इप्रकाका मुद्दाफाँटका सई साउदलाई रंगेहात पक्राउ गरेको हो ।
लागु औषध प्रयोगकर्तासँग सेटिङ मिलाइदिने भन्दै सइ साउदले ३० हजार घुस मागेका थिए । उक्त घुससहित अख्तियारको टोलीले सइ साउदलाई पक्राउ गरेको हो । पक्राउ परेका सइ सादउमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Discussion about this post