बाँके मंसिर २१ गते ।
भारतबाट हुने तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी वलका सिपाहीहरु आफूलाई बाघ जस्तै ठानेर सर्वसाधारणसँग ब्यवहार गर्छन् ।
उनीहरुले सर्वसाधारणलाई हकार्छन् नै कठ्घरामा उभ्याएर कान समातेर उठ्बस गराउन समेत पछि पर्दैनन् ।
सशस्त्र प्रहरीका सिपाहीहरु नेपाल प्रहरीलाई धुलोको कण जस्तै सम्झेर नाकामा साँधेले जस्तै हुँकार गर्छन् । तर, तिनै सशस्त्र प्रहरीले तस्करसँग मिलेर ठूलो परिमाणको चामल नेपालगन्ज भित्र्याउन सहयोगी भूमिका निभाउँछन् भन्ने हाम्रो दावी पुष्टि भएको छ ।
बाँके प्रहरीले ठूलो परिमाणमा अवैध चामल नेपालगन्जबाट बरामद गरेपछि हाम्रो दावी पुष्टि भएको हो ।
बाँके प्रहरीले नेपालगन्ज खजुरा रोड नजिकै रहेको शिवम टे«डस लगायत तीन गोदामबाट दुई सय ८ बोरा चामल बरामद गरेर सशस्त्र प्रहरीले नाकामा देखाउँदै आएको दादागिरीलाई धुलो चटाई दिएको छ ।
प्रति बोरा २५ किलो चामल रहेको उक्त चामल अवैधरुपमा भित्रिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका घुमुवा (सशस्त्र प्रहरी सहायक निरीक्षक) असई सोमराज शर्माको सेटिंगमा उक्त चामल भारतबाट भित्रिएको अनुमान गरिएको छ ।
असइ शर्माले तस्करसँग सेटिंगमा काम गर्दै आएको स्रोत बताउँछ । थप अनुसन्धान पछि बास्तविकता खुल्ने र संलग्नलाई कारवाहीको दायरामा ल्याउने बाँके प्रहरीले जनाएको छ ।
Discussion about this post