दाङ मंसिर २२ गते ।
दाङको तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाइएका फुटपाथका संरचना भत्काउन शुरु गरिएको छ । तुलसीपुरको ९ग० लाइन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना तुलसीपुर उपमहानगरपालिकाले आज बिहीवारदेखि भत्काउन शुरु गरिएको हो ।
बजार क्षेत्रको नालामाथि घरधनी तथा व्यापारीले आफ्नो सहजताका लागि भ¥याङलगायतका संरचना बनाएकाले ती संरचना हटाउन थालिएको उपमहानगरको भवन शाखाका इन्जिनियर श्रीनारायण चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसार तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाइएका फुटपाथको संरचना एक हप्ताभित्र भत्काइनेछ ।
फुटपाथमा संरचना बनाएर सामान राख्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।
Discussion about this post