बाँके मंसिर २४ गते ।
धार्मिक तथा पर्यटकीय क्षेत्रकारुपमा प्रशिद्ध सन्तानेश्वर महादेव मन्दिरको सरसफाई गरिने भएको छ । नेपाली काँग्रेस निकट नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिकाको अगुवाईमा सरसफाई गर्न लागिएको हो ।
आगामी सोमबार बिहान मन्दिरमा पुगेर सरसफाई गर्ने तयारी गरिएको तरुण दल राप्ती सोनारी अध्यक्ष कुलबहादुर केसीले जानकारी दिए । सरसफाईसँगै मन्दिर दर्शन गर्ने कार्यक्रम पनि राखिएको उनले बताए ।
नरैनापुर गाउँपालिका अन्तरगत पहाडको चुचुरोमा पर्ने उक्त मन्दिर धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित छ । सरसफाई कार्यक्रममा ठूलो संख्यामा युवाहरुको उपस्थित गराउने तरुण दल राप्तीसोनारीको तयारी छ । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु समेत उपस्थित हुने भएका छन् ।
Discussion about this post