सुर्खेत कार्तिक ६ गते । नेपाल शिक्षक संघ कर्णाली प्रदेशले महिला नेतृत्व क्षमता विकास सम्बन्धित प्रशिक्षण कार्यक्रम सुर्खेतको बीरेन्द्रनगरमा आयोजना गरेको छ।
कर्णाली प्रदेशका दश जिल्लाका महिला शिक्षक संघका उपाध्यक्षहरुको लागी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।
प्रशिक्षण कार्यक्रमको आज एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य ह्रदयराम थानीले उद्धघाटन गर्नुभयो।
नेता थानीले क्षमता विकास प्रशिक्षणले महिलाको क्षमता विकासमा महत्वपुर्ण योग्दान दिने बताउनुभयो।
उहाँले अहिले पनि महिलाहरुको क्षमता पुरुषहरु जस्तो हुनु नसकेको भन्दै महिलाहरुलार्इ सक्षम बनाएर नेतृत्व गर्ने खाल्को बनाउनु पर्नेमा जोडदिनुभयो।
पुर्वमन्त्री समेत रहनु भएका थानीले पाटीको बलियो खम्बा नै शिक्षक संघ भएको भन्दै यसलार्इ अझ मजबुद बनाउन तर्फ लाग्न सबैलार्इ आग्रह गर्नुभयो।
उहाँले महिलाकै नेतृत्वमा धेरै ठुला राजनितिक परिवर्तनहरु भएको भन्दै अव हरेक ठाँउमा महिलाको सहभागीता अनिर्वाय गराउनु तर्फ लाग्नुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय महासचिव लक्ष्मीकिश्वोर सुवेदीले नेपाली शिक्षकहरुमा सबै भन्दा बलियो संस्था शिक्षक संघ नै भएको दावी गर्दै यसलार्इ अझ मजबुद बनाएर लैजाने बताउनुभयो।
उहाँले काँग्रेसलार्इ बलियो बनाउन शिक्षक संघले विधालय देखी गाँउ घर सम्म आफ्नो सक्रियता बढाउन तर्फ लागि परेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले सबैको रोजार्इको पेशा शिक्षक नै वन्ने गरेर काम गर्न शिक्षक संघलार्इ आग्रह गर्नुभयो।
उहाँले महिलाको नेतृत्व बलिलो बनाउनको लागी पाटीको साथ सहयोग सधै रहने भन्दै शिक्षक संघले समाजमा उदाहरणीय काम गरेर देखाउन आग्रह गर्नुभयो।
कार्यक्रममा शिक्षक संघका उप महासचि धनकला भन्डारी,संघका केन्द्रिय सदस्य दुर्गा शाक्य,यमबहादुर श्रेष्ठ र शिक्षक संघ कर्णाली अध्यक्ष र्इलम शाही लगायतले आफ्नो भनार्इ राख्नुभएको हो।
कार्यक्रममा कर्णाली प्रदेश शिक्षक संघका उपाध्यक्ष टिकालक्ष्मी धिताको सभापतित्वमा सम्पन्न भएको हो।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post