बाँके मंसिर २८ गते ।
सोनाहा समुदायको जनसंख्या नेपालभर दुइ हजार मात्र छ । यिनिहरु कंचनपुर कैलाली र बर्दियामा बसोबास गर्दछ्न । सोनाहको उद्गम थलोचाहि बर्दिया स्थित कर्णाली नदिको तल्लो तटिय क्षेत्र हो।
बर्दियाका सोनाहहरुको जिवन अब संकटम छ यसको सबै भन्दा ठुलो कारण कर्णाली नदि र यसमा आधारित स्रोतहरु घट्नु हो।
नेपालको लोपोन्मुख जातीको मध्यको संकटासन्न जाती सोनाहा पनि एक हो । सोनाहा जातीको पेशा पछिल्लो समय सङ्कटमा परेको बताउनु हुन्छ सोनाह समाजका अध्यक्ष शान्ति सोनाह ।
सोनाहा जातीले गर्ने पेशा गैर सोनाहाले गर्न सिकेपछी हामी पछि परेका छौ किन भन्दा सोनाहा पुग्न नसक्ने ठाँउहरुमा गैर सोनाहा जातीहरु पुग्नुहुन्छ उहाँहरुको जनसङ्ख्या धेरै भएकाले उहाँहरु छिटो र धेरै ठाँउमा पुग्न सक्नहुन्छ । फेरी उहाँहरु बम ब्लास्ट गर्नुहुन्छ करेन्ट लागाउनुहुन्छ अनी बिषादीको प्रयोग गर्नुहुन्छ तर हामी त्यसो गर्दैनौ हाम्रो माछा मार्ने तरिका बिशुद्ध जाल खेल्ने हुन्छ ।बम ब्लाष्ट गर्ने करेन्ट लगाउन र बिषादी प्रयोग गर्न हाम्रो धर्मले दिदैन त्यसैले हाम्रो पेशा संकटमा परेको उहाँको भनाई रहेको छ ।
उहाँले गैर सोनाहा हरुले खेल्नेगरेको चौरी जालका कारण माछाहरुको उठीवास लगाएको दाबि गर्ने सोनाहाले भन्नुभयो चौरी जाल धेरै गहिराइ सम्म पुग्ने भएकाले माछाहरु जुन ठाँउमा बस्नु पाउनु पर्ने हो सो ठाँउमा बस्न पाउँदैनन् र जुन ठाउमा खेल्न पाउनु पर्ने हो सो ठाउँमा खेल्न नपाउनुले माछाहरु भारततर्फ पलाएन भएका हुन ।उनीहरुको बस्ने घर चौरी जाल्ले भत्काइदिन्छ र खेल्ने ठाँउ बिगारी दिने भएकाले माछाहरु भागेको र नदिमा माछा कम भएको उहाँको दावी छ ।
बर्दिया सैजना टापुका नरसिङ सोनाहाले एघार बर्षको उमेर देखि माछा मार्दै आउनु भएको छ। उहाँको परिवार पाल्ने पहिलो आधार नै माछा हो तर अचेल उहाँलाई माछा मार्ने अनुमति छैन।माछा मार्न नदिदा जिवन चलाउन धौ भएको उहाँको गुनासो रहेको छ।
नरसिङ जस्तै यहाँका सोनाहहरुको पुस्ताले पनि माछा मारेर नै पुस्तौपुस्ता धानेका हुननरसिङ सोनाहको माछा मार्ने पेशा मात्र होइन सोनि सोनाहको सुन चाल्ने पेशापनि संकटमा परेको युवा अगुवा बालकृष्ण सोनाहाको भनाई रहेको छ।
उहाँले लोपोन्मुख जाती भएर पनी नेपालको जातीय सुचिमा नपरेको कुरालाइ बेलाबेलामा उठाउदा २०७२ सालमा सर्वोच्चले परमादेश जारी गरेपनी मन्त्रिपरिषदमा गुमनाम भएको छ यस्का लागी सबैलाइ सरोकार र सहयोगी निकायलाइ पहल गरीदिनकालागी पनि अनरोध गर्नुभएको छ।
सोनाहाका यि दुबै पुर्खौलि पेशा संकटमा परेपछि केहि परिवारले भने बैकल्पिक पेशा रोज्न थालेका छन् ।
कोहिले गिटि बालुवा चाल्ने काम गरेका छन् भने कोहिले कपाल काट्ने काम सुरु गरेका छन् ।
उनिहरु आय आर्जनको भरपर्दो स्रोतका रुपमा बैकल्पिक पेशा अगाल्न तयार छन् तर पुर्खौलि पेशा चटक्कै छाड्दा आफ्नो पहिचान हराउने हो कि भन्ने चिन्ता छ।यसका लागि सोनाहका अगुवाहरु अग्रसर हुन थालेका छन् ।
सोनाहको पहिचान नै खोला हो नदि हो। उनिहरुले पानीमै हुर्कन सिके अनि पानीमै बाच्न सिके नदि खोला र यहाको जैविक बिबिधताकै एक अभिन्न अंग भएर बसेको राज सोनाहको भनाई रहेको छ्। आफुले आफ्नो आमा बुवासङ्ग हिड्दै डुल्दै माछा मार्न सिके अब छोरोले नि यसरि नै सिक्ला भनेर पिठ्युँमै छोरा बोकेर माछा मार्ने गरेको उहाँको भनाई रहेको छ।
सोनाहका अगुवाहरु यस्ता सिप जोगाई राख्न अग्रसर भएका छन ।यसका लागि अहिले देखिएका समस्या हटाउन चाहि जरुरि छ।
सोनाहाहरुले अभ्यास गर्दै आएका यस्ता सिप दिगो अनि प्रभावकारी छन् । परम्परागत यि सिपहरु बैज्ञानिक पनि छन् । परम्परा र सस्कृतिका लागि साथै जैबिक बिबिधता प्रकृति अनि सिङ्गो पृथ्वीकै लागि पनि यस्ता सिपहरुको सरक्षण र सम्वर्धन गर्न जरुरि छ।
Discussion about this post