काठमाडौं मंसिर २८ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ ।
सात प्रदेशका सात वडाबाट आज अधिवेशन सुरु गरिँदैछ। सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ ।
कैलालीको टीकापुर नगरपालिका–१ मा सहमन्त्री विपिनकुमार आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका–६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका–१३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन् ।
यस्तै, पोखरा महानगरपालिका–१० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका–११ मा महामन्त्री मुकुल ढकाल, बारा जीतपुर सिमरा उपमहानगरपालिका–२ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका–२० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ ।
Discussion about this post