बाँके पुस ३ गते ।
सवारी दुर्घटना न्यूनिकरणका लागि बाँके प्रहरीले अभियान थालेको छ । अभियानको पहिलो दिन मंगलवार नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।
अभियान अन्तरगत मंगलवार तीन सय वटा सवारी साधनमा मंगलवार रातको समयमा टल्किने रिफ्लेक्ट स्टिकर टाँसिनुका साथै नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा नम्बर लेखाउन लगाएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । ‘नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा धम्बोझी चोकमै नम्बर लेखाउन लगायौँ,’ उनले भने ।
उक्त अभियानमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवर लगायतको सहभागिता रहेको थियो ।
बाँकेमा सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको प्रहरी प्रमुख एसपी बोहराले बताए ।
Discussion about this post