बाँके पुस ४ गते ।
राप्तीसोनारी गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ४० वर्ष उमेर माथिका नागरिकलाई लक्षित गरेर यही पुस ६ र ८ गते स्वास्थ्य शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार ६ गते आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्ज र ८ गते विनौना स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको छ ।
मधुमेह तथा उच्च रक्तचाप सम्वन्धी शिविर गर्न लागिएको पनि उनले बताए । ‘सुगर, प्रेसर र मिर्गौला रोगको स्क्रिनिङ शिविर गर्न लागिएको हो उनले भने–‘नसर्ने रोगको बारेमा सचेतना र परामर्शको सन्देश प्रवाह गर्न पनि शिविरले ठुलो सहयोग पुर्याउने छ भन्ने विश्वास छ ।’ पछिल्लो समय नसर्ने रोगका कारण मानिसको मृत्युवरण अस्वभाविकरुपमा बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
उनीहरुका अनुसार अस्वस्थ खानपिन, बदलिदो जीवनशैली लगायतका कारणले मानिसहरु नसर्ने रोगको शिकार भइरहेका छन् ।
Discussion about this post