रुकुम पुस ५ गते ।
गत कार्तिक १७ गते मध्य राति जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पबाट प्रभावित घरपरिवारलाई सहकर्मि समाज नेपालले श्रम सहयोग गरेको छ ।
सहकर्मी समाज नेपाल र फास्टन एक्सनको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका र रुकुम पश्चिमका भुकम्प पिडितलाई अस्थायी आवासका लागी टहरा निर्माण र जिर्ण घर व्यवस्थापन गरीएको छ ।
सहकर्मी समाज नेपालले जाजरकोट भूकम्प प्रभावित क्षेत्र भेरी नगरपालिका वडा नम्बर १ कुन्निक, वडा नम्बर ४ खलङ्गाको रानागाउँ र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ७ लिगा सहित तीन ठाउँमा आफ्ना स्वयंसेवक हरू परिचालन गरेको छ । विभिन्न टोल बिकास संघसंस्थाहरुले जाजरकोटको भेरी नगरपालिका वडा नं १, ४ र रुकुम पश्चिमको सानोभेरी गाँउपालिका वडा नं ७ लिगा टाकुराका भुकम्प पिडितलाई अस्थायी आवासका लागी टहरा निर्माण र जिर्ण घर व्यवस्थापन गरीएको छ ।
सहकर्मि समाजको १० दिने श्रम शिबिरमा जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ को राना गाँउमा त्रिबेणी बिकास समाज बाँके, जनशक्ति बिकास समाज बर्दिया, थारु सामुदायीक बिकास समाज बर्दिया र खानेपानि मिस्त्री उपभोक्ता सहकारी संस्था लि. बाँकेका १५ जना स्वयमसेवकहरु द्धारा श्रम सहयोग गरीएको सहकर्मी समाज नेपालका संस्थागत विकास अधिकृत नेत्र नारायण रेग्मीले जानकारी दिनुभएको छ ।
त्यस्तै वडा नं. १ को कुन्नीक, पिपेमा आदर्श टोल बिकास संस्था टिकापुर कैलाली, कालिका टोल बिकास संस्था टिकापुर कैलाली, सर्जनसिल टोल बिकास संस्था सुर्खेत, धरमपुर टोल बिकास संस्था सुर्खेत, चाँदनीचौक टोल बिकास संस्था सुर्खेत, समाबेसी टोल बिकास संस्था सुर्खेत र भगवती टोल बिकास संस्थासुर्खेतका गरी २३ जना स्वयमसेवकहरुद्धारा श्रम सहयोग गरीएको छ ।
उता सानोभेरी गाँउपालिका वडा नं. ७ लिगाटाकुरा रुकुम पश्चिममा त्रिबेणि बिकास समाज बाँके,जनशक्ति बिकास समाज बर्दिया, जनजागरण समाज बाँके, एकता टोल बिकास समाज सुर्खेत, जनजागरण मञ्च रुकुम पश्चिमका १२ जना स्वयमंसेवकहरुद्धारा श्रम सहयोग गरिएको रेग्मीले जानकारी दिनुभएको छ।
सहकर्मि समाजको १० दिने श्रम शिबिरमा जाजरकोटको भेरी नगरपालिका १ र ४ मा ३२ वटा बस्न नमिल्ने चर्किएका घर व्यवस्थापन गरिएको छ भने रुकुम पश्चिमको सानो भेरी गाउँपालिका वडा नम्बर ७ को लिगाटाकुरामा २१ वटा अस्थायी घर टहराहरू पुर्णरुपमा निर्माण र ८ वटा अस्थाई टहराको प्रारम्भीक संरचना तयार गरीएको सहकर्मी समाज नेपालका संस्थागत विकास अधिकृत घनस्याम आचार्यले जानकारी दिनुभयो ।
पछिल्लो समय सहकर्मि समाज नेपालले थुप्रै सामाजिक कामहरु गर्दै आएको छ। जस अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभाबितको पुनस्र्थापनाका लागि क्षति भएका घर तथा संरचनाहरुको पुनर्निमाणमा सीप तथा श्रम सहयोग गर्न सहकर्मि समाज नेपाल सहित बिभिन्न संघसंस्थाका स्बंमसेवक परिचालन गरीएको छ।
भूकम्पले घरबारविहीन भई त्रिपाल टाँगेर बसिरहेका पीडितहरू थप सकसमा छन । चिसोले बिरामी परिरहेका उनीहरूलाई कहिलेसम्म अस्थायी टहरामा सर्ने हो टुंगो समेत हुन सकेको छैन । राजनीतिक दल, संघसंस्था र व्यक्तिगत रूपमा अस्थायी टहरा बनाउने काम भइरहे पनि सरकारीस्तरबाटै ठोस रूपमा काम हुन समय लाग्ने हुँदा विभिन्न संघ सस्थाले भूकम्पबाट जोगिएका स्थानियहरु अझै पनि त्रासमा रहेको हुँदा उनिहरुको घाउमा थोरै भएपनि मलम पट्टि लगाउने काम गरिरहेका छन् ।
Discussion about this post