बाँके पुस ५ गते ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट बसपार्कले पनि सडक दुर्घटना न्यूनिकरणका लागि नेपालगञ्ज बसपार्कमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।
टिपर, ट्याक्टर, अटो रिक्सा, मोटरसाइकल, साईकल, लगायतको सवारी साधनहरुमा टल्किने रिफेल्टिभ स्टिकर टाँसिनुका साथै नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा नम्बर लेखाउन लगाएको बसपार्क ट्राफिक प्रहरीका इन्चार्ज असई सर्जन प्रसाद थारुले बताए । उनका अनुसार १ सय १५ वटा सवारी साधनमा स्टिकर टाँस्ने काम भएको छ ।
दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमलाई समेत प्रभावकारी ढंगबाट अगाडि बढाएको थारुले बताए । बाँके ट्राफिकले पछिल्लो समय बढ्दो दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
Discussion about this post