काठमाडौं पुस १६ गते ।
नयाँ वर्ष २०२४ को अस्ट्रेलियाको सिड्नीमा भव्य स्वागत गरिएको छ। नयाँ वर्षको उत्सव भव्य आतिशबाजीका साथ सुरु भएको थियो। सिड्नीका हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८.५ टनको आतिशबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
आतिशबाजी १२ मिनेटसम्म चलेको थियो। अष्ट्रेलियाका अन्य सहर क्यानबेरा र मेलबर्नमा पनि नयाँ वर्षको भव्य स्वागत गरिएको छ। किरिबाटीबाट सुरु भएको नयाँ वर्षको उत्सव अष्ट्रेलिया, न्युजिल्यान्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड हुँदै चीनसम्म गरिसकिएको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
नेपालमा पनि विभिन्न कार्यक्रम गरिए । नेपालगन्जका होटेलहरुमा सांगितीक कार्यक्रमको आयोजना गरी नयाँ वर्षलाई स्वागत गरिएको छ ।
Discussion about this post