सरला सुवेदी
बाँके पुस २१ गते ।
व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा स्थापना भएको जिवनज्योति स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ।
कोहलपुरमा रहेको जिवनज्योति स्कुलले कोहलपुर नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालको प्रमुख आतिथ्यया र अभिभावक समितिका सदस्य डाक्टर राजन पाण्डेको अध्यक्षता र विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्स , सहायक प्रिन्सिपल पुस्पा लुसि रोय, शिक्षा प्रेमी तथा अभिभावक संघका सदस्य चण्डि प्रसाद गैरे , कुश्माखर बस्याल र डिल्लि बिसिको आतिथ्यता र कक्षा नर्सरि र एक कक्षाका विद्यार्थी र अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ।
बिद्यालयमा बालबालिकाले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। बालबालिकाको प्रस्तुतिबाट प्रभावित भई डाक्टर राजन पाण्डेले बिद्यालयले शैक्षिक सिकाइ सङ्गै सास्कृतिक र व्यावहारिक पक्षलाई जोड दिएकोमा विद्यालयको प्रशंसा गर्नुभएको थियो।
डा. पाण्डेले विद्यालयको शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेको र आफ्नो बालबालिकाको पढाई प्रति आफु जस्ता हजारौ अभिभावक सन्तुष्टि रहेकोमा विद्यालयको अझ बढि उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो।
डा. पाण्डेले शिक्षा सङ्गसङ्गै बालबालिकालाई हाम्रो रितिरिवाजको बारेमा ज्ञान दिनु पनि अहिलेको समयको माग भएको उहाँले बताउनुभयो। उहाँले तडकभडक भन्दा शिक्षासङ्गसङ्गै बिधालयमा अनुशासन एकदमै राम्रो भएको र आगामि दिनमा यि कुरालाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको छ।
पछिल्लो समय आफ्ना बालबालिकाप्रति अभिभावकले खासै चासो नदिने आफुनि मोबाइलमा व्यस्त अनि छोराछोरिलाई पनि मोबाईल हेर्न दिने गर्दा आखाको समस्या सङ्गै मानसिक समस्या आउने गरेको हुँदा अब अभिभावकले आफ्नो बानि सङ्गै आफ्ना छोराछोरीको बानि सुधार्न आफै जिम्मेवार बन्नु पर्ने बताउनु भयो।
उहाँले समयको माग अनुसार शिक्षा फरक होला नहोला तर अनुशासन सधै रहिरहने हुँदा बालबालिकाको अनुशासनमा बिद्यालयले जस्तै अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले बालबालिकालाई शैक्षिक गतिविधिमा मात्र ध्यान नदिएर हम्रा रितिरिवाज , सस्कृति र परम्परासङै बातावरणलाई माया गर्न पर्छ भन्ने भावना बालबालिकामा जगाउनु पर्ने जस्तो सुकै धर्म सस्कृति र भेषभुषामा रमाउन सक्ने बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।
यस्तै कार्यक्रमा बोल्दै जिवनज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले यो स्कुललाई यति छोटो समयमा स्थापित गराउन सम्पुर्ण अभिभावक अनि विद्यालय परिवारको ठुलो हात र साथ भएको बताउनु भएको छ। उहाँले शैक्षिक गतिबिधि सङ्गै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप पनि जरुरि रहेको हुँदा सबै बालबालिका लाई उनिहरुको क्षमता अनुसार स्थान दिएको बताउनु भयो।
यस्तै कार्यक्रममा उपस्थित भएका अभिभावकहरुले विद्यालयले सर्वपक्षीय क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाएकाले बालबालिकाको चिन्ताबाट मुक्त रहेको बिचार व्यक्त गरेका थिए।
कार्यक्रममा बालबालिकाको लागि मात्र नभएर अभिभावकहरुको लागि पनि बिभिन्न खाले छुट्टाछुट्टै रमाइलो खेलको आयोजना गरिएको थियो र पहिलो दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको स्कुलका लेखा अधिकृत समेत रहनुभएका प्रशासन शाखाका कल्याण तिमिल्सिनाले जानकारी गराउनु भएको छ ।उहाँले स्कुलले सबै बालबालिका अनि शिक्षकलाई समेट्ने गरि बिभिन्न चरणमा अभिवाबक दिवस मनाउदै आइरहेको जानकारि समेत दिनुभएको छ।
बिद्यालयले नर्सरि देखि कक्षा एक सम्म अभिभावक दिवस गर्ने गरेको छ भने एक कक्षादेखि माथिल्लो तहका बिद्यार्थुहरुलाई बिभिन्न किसिमका खेलकुद गतिविधिमा सामेल गराउदै आएको छ। स्थापनाकालको एक दशकमै कोहलपुरको नमुना स्कुलको रुपमा स्थापित जिवनज्योति स्कुल शैक्षिक गतिविधिमा मात्र नभएर सामाजिक दायित्व बहन गर्नमा समेत अग्रसर रहेको छ।
Discussion about this post