बाँके माघ १२ गते ।
बाँके सब–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पाध्यलाई अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ ।
काठ चिरानको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । घुस सहित उनीसँग श्रोत नखुलेको ४५ हजार नौ सय ७५ रुपियाँ समेत गरी जम्मा ५२ हजार नौ सय ७५ रुपियाँ सहित पक्राउ गरिएको हो ।
उनलाई थप कारबाही प्रक्रिया अघि बढाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post