बाँके माघ १४ गते ।
अवैध भन्सार छलिको सामानसहित पाँच जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ बाट भन्सार छलिको कुर्ता, सुरुवाल, लिपगार्ड बरामद भएको बाँके प्रहरीले जनाएको छ ।
उक्त सामाग्री ढुवानीमा प्रयोग गरिएको एउटा मोटरसाइकल र तीन थान साइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । दुई लाख २५ हजार दुई सय रुपैयाँ बराबरको उक्त अवैध सामान थप कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको छ ।
पक्राउ परेका पाँच जनालाई भने जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post