खोजखबर संवाददाता बाँके कार्तिक ८ गते ।
पछिल्लो समय मिडिया हब प्रा.लि.र “सक्किगोनी”हास्य टेलिसिरियल बिच उत्पन्न विवाद दुबैपक्ष बसि आपसी समजदारीमा टुंगोमा पुर्याईएको छ।
हास्य टेलिश्रृंखला सक्किगोनिमा मिडिया हब द्वारा निर्मित भद्रगोल को पात्रहरु कपि गरेको भन्दै सक्किगोनी को टिमलाई मिडिया हब ले उजुरी गरेका थिए ।
सक्किगोनी का निर्देशक समेत रहेका कुमार कट्टेल ले आफ्नो फेशबुक मार्फत यो बिबाद सहमति मार्फत् टुङीगियको र दुबै टेलिसिरियल नियमित रुपमा एक अर्कालाई सम्मान गर्दै प्रसारण गर्ने सहमति भएको जनाएका छन ।उनिहरुले एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्ने बढ्ने प्रतिवद्धता समेत गरेका छन ।आजसम्म जुन सिरीयल मा कलाकारहरु खेली रहेका थिए त्यो कलाकार हरु पुन यथावत् रुप रहने र आगामी दिनहरुमा अब उक्त बिषयमा कुरा ननिकाल्ने सहमति का साथ मिडिया हव ले दियको उजुरी अब ढिसमिस भएको जानकारी अनलाइन खोजखबरको कुराकानिमा सक्किगोनी का कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्री ब्रोले जनाएका छन । मौखिक रुप मा छलफल पछि टुङीगियको उक्त बिषय पछि उनिहरुले सामुहिक तस्वीर समेत लिएका थिए ।
कुमार कट्टेल जिग्री ब्रोले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मिडिया हब प्रा.लि.र सक्किगोनी सिरियल प्रती देखाउनुभएको सहानुभुती,माया,सद्भाब प्रती सम्पुर्णमा कृतज्ञ समेत गरेका थिए ।
Discussion about this post