काठमाडौं माघ १६ गते ।
देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण दैनिक जनजीवन प्रभावित हुनसक्ने बताइएको छ । स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
Discussion about this post