बाँके माघ १८ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ ले भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको छ । वडाअध्यक्ष दिपक वर्माले वडाको समग्र भौतिक पूर्वाधारलाई जोड दिएर काम अगाडि बढाएका छन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएका वडाअध्यक्ष वर्माले विकास निर्माणका कामलाई प्राथमिकता दिएकै कारण स्थानीबासीका लागि लोेकप्रिय बनेका छन् । पछिल्लो पटक उनले नेपालगन्ज वडा नं १८ सुर्खेत रोड गोर्खा साईकल स्टोर देखि पुर्ब शिवनगर टोल सो उत्तर नागरिक टोल जाने सडकको निर्माण कार्य तीब्र पारेका छन् ।
वडा अध्यक्ष वर्माको आफनै पहलमा संघीय सरकारको बजेटबाट उक्त सडक निर्माणले गति लिएको हो । उक्त सडक ५० लाखको लागतम निर्माण भइरहेको वडा अध्यक्ष बर्माले बताए । यसै गरि वडाको विभिन्न टोलहरुमा पनि सडक निर्माण भइरहेको अध्यक्ष बर्माले जानकारी दिए ।
Discussion about this post