काठमाडौं माघ २२ गते ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । आज बिहान साढे ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बसीरहेको छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ । संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुँदै छ ।
Discussion about this post