बाँके माघ २२ गते ।
बाँकेका जनप्रतिनिधिले सञ्चार माध्यमसँग सहकार्य गरी अघि बढ्दा विकास निर्माण लगायतका गतिविधि प्रभावकारी हुनेगरेको बताएका छन । उनीहरुले सञ्चार माध्यमहरुसंग सहकार्य अपरिहार्य भएको औंल्याउदै सवै सरेकारवालाहरुले दायित्व बोध गर्न अवेला भईसकेको बताएका छन ।
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा सहभागीले सो धारणा ब्यक्त गरेका हुन ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरूले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएकोमा जोड दिएका छन । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विकास निर्माण लगायत विभिन्न जनसरोकारका विषयमा सञ्चार माध्यमसँग सहकार्य गरी जाने गरेको बताउनुभयो ।
नगर प्रमुख विष्टले ‘सञ्चार माध्यमले उपमहानगरभित्रका गलत काम पनि जनतासमक्ष ल्याउन जरुरी रहेको बताउनु भएको छ ।’ उहाँले वास्तविकता आम जनतामाझ ल्याउन सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । उहाँले सञ्चार माध्यमहरुको बृत्ती विकासकालागि सञ्चार माध्यमहरुलाई नै ड्राफ्ट तयार गरि आउन आग्रह गर्दै सञ्चार क्षेत्रलाई आफुले नितिगत रुपमा नै अधिकार सम्पन्न बनाउने बताउनु भयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले विकास निर्माणमा हुनेगरेका ढिलाइ लगायतका विषयमा सञ्चार माध्यमले महत्त्वपूर्ण साथ दिनेगरेको बताउदै । स्थानिय विकासको आधार नै सञ्चार भएकाले पालिकाले सञ्चारमैत्रि निति अंगिकार गर्न कञ्जुसाई नगर्ने समेत जिकिर गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले स्थानीय तह र सञ्चार माध्यमबिच समदूरीको सम्बन्ध हुनुपर्नेमा जोड दिंदै युवाहरुले नेतृत्व लिंदै गर्दा आम जनमानसको निराशालाई सम्वोधन हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभयो। मिडियाले निराशाको वातावरणलाई चिर्ने भएकाले सरकारका प्रतिनिधिहरुले कुनैपनि सुचना लुकाएर काम गर्न नहुनेमा जोड दिनुभयो ।
जनप्रतिनिधिहरुले सामाजिक दायित्व बोध गर्ने गर्ने गरि सुचना उपलब्ध गराउनु पर्ने भन्दै पुर्व लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्रि समेत रहेका चौधरीले मिडियालाई ब्यबस्थित र दिर्घजिवी बनाउन समेत जनप्रतिनिधिहरुले बिशेष भुमिका खेल्नुपर्ने बताउनु भयो।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार झलक गैरेलाई रेसम विरहि पत्रकारिता र रेडियो नेपाल बाँके जिल्ला सम्बादाता सरला सुवेदीलाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।भने प्रेस चौतारी नगर कमिटिबाट स्व.दुर्गाप्रसाद बेल्बासे पत्रकारीता पुरस्कारबाट बैकुण्ठ प्रसाद अधिकारी र पबित्रा परियार सम्मान सहित पुरस्कृत भएका छन् ।
Discussion about this post