बाँके माघ २९ गते ।
नेपालगन्जको रामलीला मैदानमा रहेको सरस्वती मन्दिरमा सरस्वती पूजाको भव्य तयारी गरिएको छ । सरस्वती मन्दिर प्राङ्गणलाई सरसफाइ गर्नुको साथै रंगरोगन गरि सिंगारिएको छ ।
यस्तै लाइटिङ्ग गरि सौन्दर्यकरण गरिएको छ । वसंत पंचमी यसपटक फाल्गुन २ गते तदानुसार १४ फरवरी २०२४ का दिन मनाइन्छ । वसंत पंचमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरिने गरिन्छ। यस दिन पहेलो वस्त्र धारण गर्ने, खाने बयरको आफ्नो महत्त्व छ सरस्वती पुजा तत्पश्चात बयर खाने चलन छ ।
बसंत पंचमीको आगमन अवसरमा माता सरस्वतीको पूजा बिना आरती पुर्ण नहुने जनविश्वास रहिआएको छ ।जीवनको हरअवस्थामा माता सरस्वती वंदनीय छन् , पूजनीय छन् । प्रकृतिको तीनवटा गुणहरुले बनेको सृष्टिमा माता सरस्वती सतोगुणको स्वरूप मानिन्छ। माता सरस्वती विद्या, बुद्धि र ज्ञानकी देवी हुन। सरस्वती पूजाको दिन बालबालिकालाई अक्षर चिनाउने गरिन्छ ।
Discussion about this post