बाँके फागुन ९ गते ।
दूध बिचौलिया हाबी हुँदा उचित मूल्यबाट दुग्ध किसान वञ्चित भएका छन् । बिचौलियाले सस्तो मूल्यमा किसानबाट दूध लिने तर बजारमा महँगो मूल्यमा बिक्री गर्ने गरेको कारण किसानले उचित मूल्य पाउन नसकेको हुन् ।
यस्तै मारमा राजपुर गाउँपालिका भैसहवा निवासी लबकुस यादव परेका छन् । उनले प्रतिलिटर ४५ देखि ६० रुपैयाँसम्म दूध बिक्री गर्ने गर्छन् । खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ ।
उनले गाउँकै होटल तथा कलेक्सन सेन्टरमा दूध बिक्री गर्ने गर्छन । दूध उत्पादन बढी भएकोले सस्तोमा दूध बेच्नु परेको उनी बताउँछन् ।
Discussion about this post