खोजखबर संवाददाता
बाँके असार १४ गते। नेपालगञ्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकद्घारा आयोजित त्रैमासिक रक्तदान कार्यक्रमको ५ औं संस्करणसम्म दुईसय पचास बढिले रक्तदान गरेका छन् । शनिबार नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्रमा ५ औं पटक रक्तदान कार्यक्रम भएको हो । नेपालगञ्ज क्षेत्रमा रक्त अभाव हुनन दिन लोकप्रिय सन्देशले गतबर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सुरु गरेको हो ।
शनिबार भएको कार्यक्रममा रक्तदान गर्नेहरुमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष बिजय कुमार पाठक, अवधी पत्रकार संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र, दिनेश ठाकुर, बिजय मल्ल,अंशिका गुप्ता, अनिल कुर्मी, सागर चौधरी, गोपाल चौधरी, गोबरे थारु, दउवा शेर्पा, सार्की शेर्पा, भूपेन्द्र शाही लगायतले रक्तदान गर्नुभयो ।
यसैगरी गोबिन्द सोनी, भगत राम थारु, आशिष कुमार तमोली, गोहित कुमार बिश्वकर्मा, मिलन बिक, जागेश्वर सिंह चौधरी, जिल्ला प्रहरी कार्यालय बाँकेका हवलदार भिमा रावत, राम कुमार तेली लगायतले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक दिनेश ठाकुरले जानकारी दिनुभयो ।
Discussion about this post