बाँके फागुन १६ गते ।
अवैध भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले नेपालगंज उपमहानरपालिका–१० गणेशमान चोक स्थितबाट अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याइएको १४३ प्याकेट खजुरी बरामद गरेको हो ।
बेवारिसे अवस्थामा बरामद गरेको उक्त खजुरीको अन्दाजी मुल्य ६१,५५०।–(एकसठ्ठि हजार पाच सय ) बराबर रहेको प्रहरीले जनाएको छ ।
बरामद गरेको खजुरीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगंज पठाईएको छ ।
Discussion about this post