दाङ फागुन २९ गते ।
दाङमा बसको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ।
बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा लमही नगरपालिका–४ निवासी ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साइकलमा घर फर्कँदै गर्दा लमही नगरपालिका–३ वनगाउँनजिक पौडेललाई बसले ठक्कर दिएको थियो।
घाइते पौडेललाई उपचारको लागि लमही अस्पताल पुर्याइएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Discussion about this post