बाँके चैत १ गते ।
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा महाशाखाले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा ८१ वटा विद्यालयका ३०७८ जना परीक्षार्थी परीक्षामा सामेल हुने महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । आधारभूत तह परीक्षाको लागि ७ वटा केन्द्र निर्धारण गरिएका छन् ।
परीक्षालाई ब्यवस्थित र मर्यादित बनाउन नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, परीक्षा समिति सदस्य र शिक्षा महाशाखाको टोलीले अनुगमन गर्ने महाशाखा प्रमुख थापाले जानकारी दिनुभयो ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ ।
Discussion about this post