बाँके चैत ५ गते ।
नेपाल प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १३ बाट तीन लाख बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी प्लाष्टिकका सामान, डोरी, प्याज लगायतका सामान मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा ढुवानीमा संलग्न मोटरसाईकल सहित अंन्दाजी तीन लाख सत्र हजार मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।
ढुवानीमा संलग्न मोटरसाईकल र मानिससहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post