बाँके चैत ७ गते ।
नेपालगन्जको पुष्पलाल चोकबाट बुधबार एक जनालाई प्रहरीले पाटे बाघको छाला सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज–२ पुष्पलाल चोक स्थित एउटा होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा तलासी लिने क्रममा पाटे बाघको छाला सहित सुर्खेत बराहताल गाउँपालिका वडा नं. २ का चन्द्र बहादुर कार्की पक्राउ परेको जानकारी दिएको छ ।
बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले पाटे बाघको छाला फेला पारी नाप लिँदा लम्बाई ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ ईन्च भएको बताएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
Discussion about this post