बाँके चैत ८ गते ।
भारतबाट अवैध रुपमा ल्याएको चार लाख बढी मूल्य बराबरको सामान बाँके प्रहरीले बरामद गरेको छ । भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४ लाख रुपैयाँ बढीको ब्यापारिक सामान नेपालगञ्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो ।
भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा कपडा, प्रफ्युम (सेन्ट), जुत्ता, चिनी, सुर्ती, लागायतका समानहरु अन्दाजी मुल्य (चार लाख चौतिस हजार एक सय चालिस) रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त बरामद गरिएका समानहरु नियमानुसार भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको छ ।
Discussion about this post