बाँके चैत १० गते ।
नेपालगन्ज उपमानगरपालिकाले निमार्ण गरेको स्थानीय पाठ्यक्रमका बारेमा सूचना माग गरिएको छ ।
नेपालगन्ज उपमहानगरमा पाठ्यक्रम कसले निमार्ण गरेको हो, समिति छ छैन, छ भने पदाधिकारीको नाम, पाठ्यक्रम निमार्णमा के कति रकम खर्च भएको हो, कति वटा किताव छपाई भएको छ ? कति विद्यार्थीले किताब पाएका छन यदि छैनन भने किन वितरण नगरिएको र नेपालगन्जमा पाठ्यक्रम कहिलेदेखि लागु भएको छ सोको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन माग गरिएको हो ।
नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउने अधिकार अन्र्तगत नेपालगन्ज स्थानीय सामाजिक अभियन्ताहरु सुरेशकुमार श्रेष्ठ, विश्वजित तिवारी, लोकबहादुर शाह, विजयरत्न श्रेष्ठ, र घनश्याम घर्तिले आज नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गरेका हुन् ।
नेपालगन्जमा संचालन भईरहेको आधारभूत तह कक्षा ८ को परिक्षामा सहभागी विद्यार्थीहरुले आजको विषयमा पाठ्यपुस्त नपाएर अध्ययन नै नगरि परिक्षा दिएपछि जानकारीका लागि सूचना माग गरेका हुन ।
Discussion about this post